मङ्लबार, मंसिर ९, २०७७

लुम्बिनी प्रदेशको राजधानी बन्ने प्रस्तावले विकास हुने आशा व्यक्त गर्दै दाङका जनताहरु (भिडियो सहित)

रातोप्रेस डटकम/ दाङ ।

अर्घाखाँची, प्यूठान र कपिलवस्तु जिल्लाको संगममा पर्ने राप्ती नदीको किनारमा रहेको भालुवाङ दाङको पुरानो बजार हो । स्वर्गद्वारी मन्दिरको द्वारको रुपमा रहेको भालुवाङ रोल्पा, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी जिल्लाको पुरानो नाका थियो ।

यस भालुवाङ बजारलाई केन्द्र मानेर लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पास भएको छ । राप्ती गाउँपालिका, गढवा गाउँपालीका र अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रलाई बनाउने प्रस्तावको स्वागत गरिएको थियो । सबै जिल्लालाई पायक पर्ने स्थानमा राजधानी प्रस्ताव गरिएको भन्दै स्थानीय स्तरमा द्विप प्रज्वलन का साथै र्‍याली सहित प्रवेश सरकारको निर्णयलाई स्वागत गरिएको थियो ।

विकास निर्माणमा पछि परेको दाङ जिल्लाको विशेष गरी गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका स्थानीय जनताले खुसी व्यक्त गरेका छ्न । प्रदेशको स्थायी राजधानी बनेपछी भालुवाङ बजारको स्थायित्व हुनेमा स्थानीय आशावादी छन् । रातो प्रेस डटकमले स्थलगत रिपोट तयार गर्ने क्रममा उनीहरूले त्यस्तो प्रतिकृया दिएका हुन् ।

विकासको दृष्टिकोणले पछि परेको क्षेत्रमा राजधानी प्रस्ताव भएको भन्दै राजधानी सँगै यसले समग्र विकासको क्षेत्रमा फड्को मार्ने उनीहरुको बुझाई छ ।

बर्षौं देखि दुःख कष्टमा झेल्दै आएकोमा अब केही हुन्छ की भन्ने आशा राख्दै सडक, शिक्षा क्षेत्रमा क्याम्पस, कलेज खुल्ने, स्वास्थ्य उपचारका लागि ठुला अस्पताल खुल्ने, उद्योग कलकारखाना खुल्ने साथै रोजगारका अवसरहरु जोडिने रातो प्रेस टिभीको रिपोटमा बोल्दै आशा व्यक्त गरेका छन ।

तलको लिङ्क खोली भिडियो हेर्नुहोस् :