शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदै, ट्रम्पले चुनावी प्रचारमा बाइडेनले भन्दा ४ करोड ३० लाख डलर बढी खर्च गरेको अनुमान

काठमाण्डाै : अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदैछ । अन्तिम चरणमा रहेको मतदानमा पनि लाखौँ अमेरीकी मतदाताले मतदान गरिरहेका छन् । अब केही समयभित्र मतदान केन्द्रहरु बन्द हुने र नतिजा आउन सुरु हुने बिबिसीले जनाएको छ ।

कोरोना महामारीका कारण यसपटक मतदानको अघिल्लो दिन अस्ति १० करोड मतदाताले हुलाकी माध्यमबाट मतदान गरिसकेका छन् । ठूलो संख्याका मतदाताले हुलाकी माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आउन केही समय लाग्ने अनुमान गरिएको छ ।

चुनावअघि भएका सर्वेक्षणले जो बाइडेनलाई स्पष्ट रुपमा अघि रहेको देखाए पनि प्रारम्भिक नतिजा आउन अझै केही समय लाग्ने देखिएको खबरमा उल्लेख छ । अस्ती सोमबारसम्म अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या इतिहासमै सबैभन्दा धेरै र चार वर्षअघिको चुनावमा खसेको जम्मा मतको ७१ प्रतिशत भन्दा धेरै पुगेको छ । कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूले पनि मत खसाल्न पाउने अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शनले जनाएको छ ।

तर उनीहरुका लागि भने मास्क लगाउनुपर्ने, ६ फीटको दूरीमा उभिनुपर्ने, मतदान गर्नु अगाडि र पछाडि साबुन पानीले हात धुने वा सेनिटाइजर लगाउनुपर्ने नियम बनाइएको छ । अमेरिकामा हरेक चार वर्षमा चुनाव हुन्छ । १८ वर्ष र त्यसभन्दा माथिको उमेरका मानिस मतदान गर्न योग्य हुन्छन् ।

डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको प्रचार अभियान समूहले चुनावी प्रचारप्रसारका लागि ६३ करोड ८० लाख डलर खर्च गरेको छ । सबैभन्दा धेरै टेलिभिजन विज्ञापनमा खर्च भएको हो । यस्तै राष्ट्रपति ट्रम्पको प्रचार अभियान समूहले ४७ करोड २० लाख डलर विज्ञापनमा खर्च गरेको छ । ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी बाइडेनभन्दा डिजिटल विज्ञापनमा चार करोड ३० लाख डलर बढी खर्च गरेको हुन सक्ने बीबीसीले जनाएको छ ।