मङ्लबार, मंसिर ९, २०७७

हिरा बस्नेतको दुनिया रूवाउने गित सार्वजनिक (भिडियो सहित)

बुटवल । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच गितकार हिरा वस्नेतको एकल गित, लोकप्रिय गायक पुश्कल शर्माको संवादमा, गायक विशाल विसिको सुमधुर स्वरमा रहेको गितमा हिरा वस्नेतको उत्कृष्ट शब्द सृर्जना एवम् कमल वस्नेतको संगित रचना रहेको छ । देश का लाखौ यूवा ले भोग्न परेको कठिनाई र विषयवस्तुको कथालाई नै गितमा दर्शाईएको छ ।

विष्णु भट्टराईको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा हिरा वस्नेत , किसु , विशाल , अर्जुन , भिम , राम , सिता, सागर लगायत कलाकारहरुको मनछुने अभिनय देख्न सकिन्छ । उक्त गितको म्युजिक भिडियो Abhiral Flim अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

भिडियो हेर्नको लागि तलको लिक थिच्नुहोस् :