शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

रातो प्रेस डटकम परिवारद्वारा विजया दशमीको शुभकामना !

विजया दशमी – २०७७ को शुभकामना !

नेपालीहरूको महान चाड विजया दशमी – २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाई एवं नियमित दर्शक तथा शुभचिन्तकहरूमा सुख, शान्ति, संमृद्धि, आपसी एकता र पारिवारिक सद्‍भाव कायम होस् भनी सम्पूर्णमा सुस्वास्थ्य एवं दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

आज हामी फरक परिस्थितिबाट गुज्रिएका छौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड- १९) को महामारीले हाम्रो देश पनि यसबाट अछुतो रहन नसकेको सर्व विदितै छ । यस माहामारीको संकटमा सबैले आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नको लागी स्वास्थ्य मापदण्ड पालना गरी यस पटकलाई घरमै नितान्त आफ्नो नियमित परिवारसंग बसी आआफ्नो रितिरिवाज अनुसार दशैँ मनाउनु हुन शुभकामना साथमा अनुरोध पनि गर्दछौं ।

साथै नागरिकको स्वास्थ सुरक्षामा खट्नु हुने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राजनीतिकर्मी, संचारकर्मी लगायत सम्पूर्णलाई धन्यवाद दिदै होम क्वारेन्टाइन रहनुहुने सम्पूर्णलाई धैर्यता लिन र होम आइसोलेसनमा रहनुहुने सम्पूर्णको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । यस वर्षको विजया दशमी पर्वलाई फरक परिवेशमा रहेर मनाउँदै गर्दा पनि हाम्रा खुसिहरुमा कमी नआउन ।

अन्त्यमा, विजया दशमी पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक, साँस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर कायम गर्न सघाउ पुर्‍याओस् भन्ने शुभकामना तथा शुभेच्छा गर्दछौं ।

– रातो संचार प्रा.लि. एवं रातो प्रेस डटकम परिवार