शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

वडाध्यक्ष भिम केसीद्वारा विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको शुभकामना (भिडियो सहित)

विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको शुभकामना !

२०७७ सालको नेपालीहरूको महान चाड बडा दशै, शुभ दिपावली तथा छ्ठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति, संमृद्धि, आपसी एकता र पारिवारिक सद्‍भाव कायम होस् भनी सम्पूर्णमा सुस्वास्थ्य एवं दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

भिडियो पनि हेर्नुहोला :

आज हामी फरक परिस्थितिबाट गुज्रिएका छौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड- १९) को महामारीले हाम्रो वडा यसबाट अछुतो रहन सेकेन । यस्तो विषम परिस्थितीमा हामीले हाम्रो वडाबासीको स्वास्थ्यको लागि यथासंभव प्रयास गरिरहेका छौं । आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नको लागी यस पटकलाई घरमै नितान्त आफ्नो नियमित परिवारसंग बसी आआफ्नो रितिरिवाज अनुसार दशैँ मनाउनु हुन शुभकामना साथमा अनुरोध पनि गर्दछु । हामी सबै स्वस्थ रहेर अर्कोसाल सँगै यस चाडलाई मनाउँला ।

वडाबासिको स्वास्थ सुरक्षामा लाग्नु हुने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राजनीतिकर्मी, संचारकर्मी लगायत सम्पूर्णलाई धन्यवाद दिदै होम क्वारेन्टाइन रहनुहुने सम्पूर्णलाई धैर्यता लिन र होम आइसोलेसनमा रहनुहुने सम्पूर्णको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस वर्षका चाड पर्वहरूलाई फरक परिवेशमा रहेर मनाउँदै गर्दा पनि हाम्रा खुसिहरुमा कमी नआउन । हाम्रा यि चाडपर्व पछि हामी फेरि सामान्य जनजीवनमा फर्कन सकौं ।

अन्त्यमा, हाम्रा यि पर्वहरुले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक, साँस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर कायम गर्न सघाउ पुर्‍याओस् भन्ने शुभकामना तथा शुभेच्छा प्रकट गर्दछु ।

भिम केसी
वडा अध्यक्ष
शितगंगा नगरपालिका – ९, अर्घाखाँची