शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

आजको मौसम पूर्वानुमान

weather मौसम

उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ।

दिउँसो प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

राती देशका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।