शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

दशैमा पनि कोभिड अस्पताल र प्रयोगशाला सञ्चालन गरिने

सरकारले दशै बिदामा पनि कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । दशै बिदामा पनि कोभिड अस्पताल र प्रयोगशालाहरु सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङमा डा. जागेश्वर गौतमले दशैको समयमा पनि कोभिड अस्पताल सञ्चालन हुने जानकारी दिएका हुन् । गौतमले कोभिड नियन्त्रण सम्भव भएकोले सबै कोविड अस्पताल र प्रयोगशालाहरु दशैमा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको बताएका हुन् ।

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या एकै दिन पाँचहजारभन्दा बढी थपिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या पनि बितेको २४ घन्टामा २६ जना थपिएका छन् ।

२४ घन्टामा कोरोना संक्रमित ५ हजार ७ सय ४३ थपिएका छन् । आज २० हजार १ सय १८ जनाको पिसिआर परीक्षणमा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल संक्रमितको सख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।