शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

ब्लड क्यान्सर पिडितलाई सहयोग

रातो प्रेस संवाददाता/ अर्घाखाँची ।

ब्लड क्यान्सर पिडित अर्घाखाँची शितगंगा नगरपालिका १० निवासी तिल बहादुर बलाललाई उपचारको लागि एक जोडीले आर्थिक सहयोग गरेका छन् ।

रोजगारको सिलसिलामा दक्षिण कोरीयामा रहेका उमा केसी र रबि केसीको संयुक्त पहलमा आर्थिक सहयोग संकलन गरिएको हो ।

उमा केसीले व्यक्तिगत रू. १० हजार र संकलन गरिएको रू. ८१ हजार गरी रू. ९१ हजार रकम ति जोडीले उपचारको लागि ब्लड क्यान्सर पिडित २८ बर्षिय तिल बहादुर बलालको खातामा संकलन गरिदिएका छन । कम्पनीमा सँगै काम गर्ने अन्य साथी एवं समाजिक संजाल मार्फत संकलन भएको रकम सहयोग गरिएको हो ।