मङ्लबार, मंसिर १६, २०७७

यस्तो छ आजको मौसम पूर्वानुमान

उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ।

दिउँसो प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।