मङ्लबार, मंसिर ९, २०७७

लोकप्रिय गायक नारायण वि.पि.परीयारको मार्मिक दशैं गित बजारमा

शिब खनाल,कपिलवस्तु ।
‘‘गाउँघरको के माया छैन र ? दशैंँ आयो घर आउनी होइन र ?’’ बोलको साँगीतिक कोसेली बजारमा आएको छ। बबि जिसीको शब्द, सँगीत तथा देवी घर्ति र नारायण बिपीको स्वरले सजिएको लोक भाकामा रहेको यो साँगेतिक कोसेलीले चाडपर्वका बेला परदेशी घर आउन नपाउने बाध्यतालाई मार्मिक ढंगले चित्रण गरेको छ

छायांकन तथा सम्पादान शोभाखर पन्थको रहेको छ भने सहायक क्यामेरा म्यानमा प्रदीप परियारले योगदान दिएका छन् । त्यसैगरि लोक गायक नारायण विपी परियार र विष्णु श्रीपालीको उत्कृष्ट अभिनयका कारण यो सांगीतिक भिडियोले झन् निखार पाएको छ ।

‘‘परदेशी दशैँ गीत २०७७’’ शीर्षकको यो सांगीतिक विडियो निर्माण बिक्रमबाबु विश्वकर्माको निर्देशनमा सम्पन्न भएको हो ।

यो साँगीतिक भिडियोले आम नेपाली सर्वसाधारणले गरिबीको दुःखबाट मुक्ति पाउन गाउँकै साहुसँग ऋण काढेर श्रीमती र बालबच्चाको समेत माया मारेर विदेशिनु पर्ने बाध्यता अझै भोग्नुपरेको सन्देश दिन सफल भएको छ ।

घरपरिवारको याद आउँदा विदेशी भूमि, विदेशी कम्पनीमा काम गर्नेबेला फोनमा कुरा गरेकोमा कसरी कम्पनीका मालिकले अपमान र मानसिक यातना दिन्छन्, घरमा श्रीमती विदेशिएको श्रीमान्को यादमा कसरी तडपिन्छिन् भन्ने कारुणिक कथावस्तु समेटिएको छ भने धानका बाला झुलेको हरियाली वन जंगल भएको गाउँको सफा सुन्दर परिवेशलाई ड्रोनबाट छायांकन गरिएको छ ।

भिडियो