बुधबार, मंसिर १७, २०७७

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान बर्दियाको १०औ बार्षिक साधारणसभा सम्पन्न

शिब खनाल, बुटवल ।

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान बर्दियाको १०औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा ठाकुरबाबा नगर उपप्रमुख कृष्णा कुष्मा थारुकाे प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा विशेष अतिथीमा लुम्बिनी प्रदेश सदस्य बिष्णु थापा, वडा नम्बर १ का वडा अध्यक्ष श्यामलाल थारु, निवर्तमान अध्यक्ष शम्भु सुनार, उद्योग बाणिज्य सङघ ठाकुरबाबाका अध्यक्ष गाेबिन्द आचार्य लगायतको उपस्थिती रहेको थियो ।

सुरक्षा सावधानी अपनाउदै गरियकाे उक्त कार्यक्रममा बरिस्ठ उपाध्यक्ष मिना थापाबाट स्वागत मन्तव्य, महासचिव लिला दर्लामि मगरबाट साङ्गठनिक प्रतिवेदन, सह काेशाधक्षय रेशम चन्द बाट आर्थिक प्रतिबेदन बाचन गरि पारित गरियकाे थियाे, सचिव गेमराज गिरिले सन्चालन गरेका थिए ।

कार्यक्रममा, लाेकदाेहाेरि प्रतिष्ठानका सदस्य गाेबिन्द आचार्य, महेन्द्र पङ्गेनि, गणेश कुवर उमा मल्ल उद्योग बाणिज्य सङ्घमा निर्वाचित हुनुभयकाेमा सम्मान गरियकाे थियाे ।अध्यक्ष खगेन्द्र नेपालले सहयाेग गर्नुहुने सबैलाई धन्यवाद दिई कार्यक्रम बिसर्जन गरेका थिए ।