बुधबार, मंसिर १७, २०७७

मौलिक लोक संगीत अर्को उपमा खेम सेन्चुरीको झ्यालमा पर्दा छ

 शिब खनाल,कपिलवस्तु ।
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगितको चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।
यसै विच लोकप्रिय सर्जक गायक खेम सेन्चुरि र गायिका सुमन थापा मगरको ‘झ्यालमा पर्दा छ’ गितको अफिसियल म्युजिक भिडियो भर्खरै मात्र खेम सेन्चुरिको अफिसियल युटुव च्यानलबाट रिलिज भएको छ ।  नेपालि लोक दोहोरी क्षेत्रमा खेम सेन्चुरि निकै लोकप्रिय र चर्चित नाम पनि हो , पछिल्लो समय उनले गाएका , सृर्जना गरेका हरेक गितहरु निकै लोकप्रिय पनि छन् । चिया छानेको , लरिलरि लै र सोचे झै जिन्दगी रैनछ सेन्चुरिको सृर्जनामा रहेर करोड क्लवमा प्रवेश गरेका गितहरु हुन् । उनका फ्यान साथि शुभचिन्तकहरु उनको गाऊने शैलिमा लठ्ठै पर्छन् र उनको नया गित कहिले आऊछ भनेर निकै प्रतिक्षामा पनि रहन्छन् ।
यसै विच केहि दिन अघि मात्रै भक्तपुरमा उहाले एऊटा निकै मौलिक गित सुटिङ्ग गर्नु भएको थियो , जहा थुप्रै कलाकारहरुको जम्काभेट पनि देख्न सकिन्छ , सुटिङ्गको क्रममा गितका केहि टुक्काहरु टिकटकमा राखिएको र निकै भाईरल भएको पनि छ ।  लोकप्रिय गायक गायिका खेम सेन्चुरी र सुमन थापा मगरको आवाज रहेको गितमा गितकार नेत्र अर्यालको शब्द सृर्जना एवम् खेम सेन्चुरिको लय रचना रहेको छ । पुजामा गाऊमा रोधि बस्दाको विषयवस्तुलाइ समेटर भिडियोमा दर्शाईएको छ । प्रकाश भट्टले गितको निर्देशन गर्नुभएको छ भने थुप्रै कलाकारहरु , पत्रकारहरु लगायक अग्रज सष्टा सर्जकहरु गितको म्युजिक भिडियोमा देखिनु भएको छ । भिडियो हेर्नको लागि लिंक खोल्नु होला ।