शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै नेकपामा फेरि बढ्यो विवाद

काठमाण्डौ : सत्तारुढ नेकपाभित्रको विवाद प्रदेशतिर मोडिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदले संसदीय दलभित्र अविश्वास प्रस्ताव दर्ता गरेपछि यसले नेकपाभित्र फेरि विवाद बढाएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चलेको सत्तासङ्घर्ष दुई अध्यक्षको कार्यविभाजनसहित गएको भदौ २६ मा टुङ्गिएको थियो । तर फेरि केन्द्रको जस्तै सत्तासङ्घर्ष प्रदेशमा देखिएको हो । यसबारे प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

मुख्यमन्त्री शाहीले संसदीय दल तथा सरकारमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै १८ सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । सरकारविरुद्ध हस्ताक्षर गर्नेमा पूर्वएमालेका १४ र पूर्वमाओवादीका चारजना छन्।

हस्ताक्षर गर्नेमा पूर्वएमालेतर्फका यामलाल कँडेल, चन्द्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अमरबहादुर थापा, सुशीलकुमार थापा, मीना रखाल, दानबहादुर परियार, पदम रोकाया, पद्मा खड्का, कौशिलावती खत्री, खड्कबहादुर खत्री, बहमीक्यादी बोहरा र देवी ओली तथा पूर्वमाओवादी केन्द्रका पुष्पा घर्ती, राजु नेपाली, धर्मराज रेग्मी र डम्बरबहादुर विष्ट छन् ।