शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

कक्षा १२ को परीक्षाका बारेमा एक साताभित्र टुङ्गो लाग्ने

काठमाडौं : लामो समयदेखि अन्योलमा रहेको कक्षा–१२ को स्थगित परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने भएको छ । सरकारको यो निर्णयले कक्षा–१२ को परीक्षा सञ्चालन गर्न बाटो खुले पनि परीक्षा सञ्चालनको विधि मापदण्ड लगायतको निधो हुन अझै बाँकी रहेकाले त्यसका लागि बढीमा एक साताभित्र निर्णयमा पुग्ने जानकारी शिक्षा प्रवक्ता शर्माले दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा टुङ्गो गरी विद्यालयलाई माथिल्लो कक्षामा अध्ययन गर्न बाटो खोलिदिएको छ । कक्षा–११ को परीक्षा विद्यालयले गर्न सक्ने गरी निधो गरेर सम्बद्ध विद्यालयलाई नै जिम्मा दिइएको छ ।

प्रवक्ता शर्माले कक्षा–१२ को हकमा केही नीतिगत कुराको अझै टुङ्गो लगाउन बाँकी रहेको जानकारी दिए। धेरै विद्यार्थी परीक्षामा सहभागी हुने हुनाले यसको निर्णय गर्न केही समय लागेको जनाइएको छ ।

कक्षा–१२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुनेछन् । कोरोना भाइरसको सङ्क्रमणपछि सरकारले वैशाखमा सञ्चालन हुनेगरी तय गरिएको कक्षा–१२ को परीक्षा कार्यक्रम स्थगन गरेको थियो ।

सरकारको यो निर्णयपछि सबै विश्वविद्यालयलाई आफ्नो परीक्षा सञ्चालन गर्न बाटो खुलेको आजको गोरखापत्र दैनिकमा खवर छ ।