बुधबार, मंसिर १७, २०७७

ब्लड क्यान्सर पिडित बलाललाई अखिल क्रान्तिकारीद्वारा आर्थिक सहयोग

अर्घाखाँची । जिल्लाकाे शितगंगा नगरपालिका वडा नं. १० का २८ वर्षिय ब्लड क्यान्सर पिडित तिल बहादुर बलाललाई अखिल (क्रान्तिकारी) अर्घाखाँचीका अध्यक्ष नवीन खड्काले आर्थिक सहयोग गर्नुभएको छ ।

अध्यक्ष खड्काले उपचारमा थप सहयोग होस भनी रू. ५ हजार आर्थिक सहयोग गर्नुभएकाे हो। अध्यक्ष खड्काले उक्त घरमा अध्ययन गर्ने बालबालिकालाई विद्यालय शुल्कमा समेत सहयोग गर्ने प्रतीबद्धता जनाउनुभएकाे छ ।

ब्लड क्यान्सर पिडित युवा तिल बहादुर बलाले आफुलाई सहयोग गरेकाेमा धन्यवाद ज्ञापन गनुभएकाे छ । पिडित युवाको केहि महिना अघि देखि चितवन मेडिकल कलेजमा उपचार हुदै आएकाे छ । पिडित बलालले आर्थिक अभाव भएकोले अन्य सहयोगी दातालाइ समेत सहयोग गरिदिन अनुरोध गर्नु भएको छ ।