बुधबार, मंसिर १७, २०७७

निर्देशिका विपरित भवनको अघोषित ठेक्कापट्टा प्रति अखिल (क्रान्तिकारी) अर्घाखाँचीको ध्यानाकर्षण

अर्घाखाँची । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो विद्यार्थी संगठन बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिको लागि संघर्सरत रहेको जनाएको छ । शिक्षा क्षेत्रमा हुने तमाम खाले बिकृती, बिसंगती, दलालिकरण र निजीकरणका विरुद्ध अर्घाखाँची जिल्ला भित्र शिक्षामा भएका विभिन्न खाले विकृतीका विरुद्ध अनवरत संघर्षमा रहेको विषय विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रेस विज्ञप्तीमा भनिएको छ, “अर्घाखाँची जिल्लाका सरकारी विद्यालयहरुमा विद्यालयमा भौतिक संरचना पुर्ण निर्माणको कार्यक्रम प्राप्त गरि सम्झौता समेत सम्पन्न गरेका विद्यालयहरुले घटाघट गरि अघोषित रुपमा ठेक्कापट्टा गर्नु निर्माण समिती गठ्न गरि जिम्मा दिने जस्ता निर्देशिका बिपरित कार्य प्रति हाम्रो संगठन खेद व्यक्त गर्दछ ।”

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अर्घाखाँचीबाट मिति २०७७/०५/२२ मा सूचना जारी गर्दा पनि एउटा जिम्मेवार निकायको सूचनालाई गलत्याउदै प्राचार्य, व्यवस्थापन समिती र स्थानीय जनप्रतिनिधि मिलेर ठेक्का दिनु सरकारी निकाय मौन बस्नुले यो देश दलालहरुको घेरामा रहेको भन्दै शिक्षालाई दलालहरुको हातमा सुम्पिन नहुने जनाएको छ ।

त्यसैगरी विज्ञप्तीमा गैरजिम्मेवारी कार्य नगर्न नगराउन सबैमा संगठन चेतावनी समेत दिईएको छ । पछिल्लो समयमा काम सरु गर्न थालेका स्कुलहरुको ठेक्का रद्द गरि व्यवस्थापन समिती मार्फत काम गर्नु र सम्पन्न भएका स्कुलहरुको हिसाब १५ दिन भित्र सार्बजनिक गर्न सबै विद्यालयहरु लाई अनुरोध समेत गरेको छ ।

साथै बिरेन्द्र आधारभूत विद्यालय धारापानी लगाएतका सम्पन्न भइरहेका विद्यालयहरुमा एउटा ठेगदारले ठेक्का लिने र फेरि तेहि ठेगदारले अर्कोलाई कमिसन राखेर काम दिने कार्य गरेको भन्ने जन गुनासो आएको हुँदा तत्काल काम रोकि छानबिन गरि कारबाही गर्न विज्ञप्तीमा जोडदार माग गरिएको छ ।

मागलाई व्यवस्था गरेमा यसबाट हुने परिस्थितिको जिम्मेवार सम्बन्धि निकाय हुने कुरा विज्ञप्तीमा उल्लेख छ ।