बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

दलित मानव अधिकार निगरानी समितिको सातौ साधारण सभा तथा चौथो अधिवेसन सम्पन्न, अध्यक्षमा पुनः मिना चयन

दलित मानव अधिकार निगरानी समितिको सातौ साधारण सभा तथा चौथो अधिवेसन आज सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा पुनः मिना परियार चयन हुनुभएको छ । जसको उपाध्यक्षमा मन्नी सिल्पकार, सचिव कल्याणी खनेल, कोषाध्यक्ष जगदशि कोरी, सदस्यहरुमा शान्ति बुढाथोकी ,पनिज खाज्मा, केशर विश्वकर्मा र बाकी २ जनालाई पछि मनोनित गर्ने गरि सर्व सम्मतीबाट समिति चयन भएको छ ।
साधारण सभा तथा चौथो अधिवेसन कार्यक्रममा प्रमुख अतिथि शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले मनिस ठुलो जातले नभई कर्मले हुने बताउनुभएको थियो । नेपालमा जातभादको नाममा विभेद हुने भएकाले धेरै अवशरहरु गुमाउनु पर्ने हुदा नेपालको संविधानमा पछाडि परेकाहरुलाई कोटा र्निधारण गरेको बताउनुभयो । दलित मानव अधिकार निगरानी समितिले जातिय विभेद, छुवाछुत, शोषण एवं सामाजिक कुरिति विरुद्ध जनवकालत गर्ने, बालअधिकार तथा मनव अधिकारको संरक्षण तथा संबद्र्धन गर्ने, माहामारीको समयमा समस्यामा परेकाहरुलाई राहत वितरण, वेचिएका बालबालिका तथा महिलाहरुको उद्धार गर्ने जस्ता कामहरु गर्दै आईरहेकोे बताउनु भयो । आगामि दिनमा पनि यस्तै कामहरु गर्दै जान हरपल सहयोग गर्ने पनि बताउनुभयो । दलित भित्र पनि धनि र गरीबका बिच फरक विभेद हुने गरेको हुदा दलितहरु शिक्षीत र सक्षम हुदै गएमा जातिय विभेद आफै अन्त्य हुदै जाने नगर प्रमुख हधिकारीले बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले इटाभट्टामा धेरै बालबालिकाहरुलाई काम लगाईने गरेको हुदा बालश्रम न्युनिकरणका लागी हातेमालो गरेर अगाडि बढ्ने र राज्यको मुल प्रवाह बाट बन्चित भएका वर्गलाई न्यायको पहुँचमा पुर्याउन अधिकार सुनिश्चित गर्ने बताउनु भएको थियो । दलित मानव अधिकार निगरानी समितिले समाज रुपान्तरणमा सकारात्मक कामहरु गर्दै आइरहेको हुदा आगामि दिनमा पनि यस्तै कामहरु गर्दै जान सुभकामना समेत दिनुभएको थियो ।
साधारण सभामा दलित मानव अधिकार निगरानी समिति अध्यक्ष मीना परियारले सस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गनुभएको थियो । बार्षिक प्रतिवेदनमा हाल दलित मानव अधिकार निगरानी समितिले कपिलवस्तुको ३ वटा स्थानिय तह शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र महाराजगजं नगरपालिकामा काम गर्दै आईरहेको बताउनु थियो । बालश्रमको पहिचान गरी तथ्यांक संकलन गर्ने र बालश्रम न्युनिकरण र नागरिक समाजको क्षमता विकासको क्षेत्रमा काम गर्दै आईरहेको प्रतिवेदन प्रस्तुत गनुभएको थियो । बालमैत्रि बातावरण तथा लैगिंक समानतामा विषेश जोड दिदै काम गरीरहेको अध्यक्ष परियारले बताउनुभयो । कार्यक्रममा दलित पत्रकार महासंघ प्रदेश नं. ५ का अध्यक्ष चिन्ता परियार र कृषक नहकुल विकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य तथा नेकपा शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुन, शिवराज नगरपालिका काग्रेस सभापति मधुसुधन पेख्रेल, राष्ट््िरय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका विष्नु प्रसाद खतिवडा, सान्ति पुर्नस्थापना कपिलवस्तुकी सुसिला खनाल, रेडियो विजयनगर अध्यक्ष राम प्रकट कोरी, आफन्त नेपालका कार्यक्रम संयोजक केशव विक, दलित पत्रकार महासंघ प्रदेश ५ अध्यक्ष चिन्ता परियार, लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, प्रत्रकार, मानव अधिकारकर्मि, विद्यार्थि लगायतको सहभागीता रहेको थियो ।