शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

भाउजुको हत्या गर्ने देवर २३ दिनपछि पक्राउ

लमजुङ : भाउजु नाता पर्नेलाई हत्या गरेको अभियोगमा लमजुङ प्रहरीले एकजना अभियुक्तलाई घटनाको २३ दिनपछि पक्राउ गरेको छ । गत भदौ २३ गते बिहान अन्दाजी ७ बजेको समयमा क्व्होलासोंथार गाउँपालिका वडा नं. ९ गिलुङ बस्ने ५९ बर्षीया बिमाया भन्ने बुद्धिमाया बि।क। आफ्नै घरमा शंस्कापद रुपमा मृत अवस्थामा फेला परेको थियो । उक्त घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा सहितको प्रहरी अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो ।

मृतक आफ्नै घरको कोठाको भुईमा टाउँकोमा चोट रही रगताम्य अबस्थामा फेला परेकोमा उनको मृत्यु कर्तव्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि घटनाको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरिएको थियो । प्रहरी अनुसन्धानबाट आइतबार मृतककै देबर नाता पर्ने क्व्होलासोंथर गाउँपालिका वडा नं.९ बस्ने ५७ बर्षीय बिलबहादुर बि।क। लाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा उनले भदौ २० गते राती अन्दाजी ९ बजेको समयमा मृतक भाउजु नाता पर्ने बिमाया भन्ने बुद्धिमाया बि।क। लाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

उनलाई प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको थियो । उनलाई सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । ती महिला घरमा एक्लै बस्दै आएका समाचार आजको गोरखापत्रले उल्लेख गरेको छ ।