मङ्लबार, मंसिर ९, २०७७

समयमै हामी नसच्चिए भोली दुर्घटना हुन सक्छ, एक्यबद्धता भएर अगाडी बढौं ।

आज फेरि एउटा डुङ्गाको कथा विद्वानहरु संग शब्दको भण्डार हुन्छ । ईशाराले धेरै कुरा बुझाउन थोरै लेखे पुग्छ । मलाई थोरै बुझाउन धेरै लेख्नु पर्ने बाध्यता हुन्छ । अतः म विद्वान होईन, साथीहरुले लेख लामो भयो छोटो लेख भन्छन, तर म मजबुर छु । साथै मेरो भनाईलाई सकारात्मक लिइ दिनु हुन हुनेछ ।

बिती सकेको कुरा खोतल्न निरर्थक हो तर पाठ सिक्ने कुरा हो । भविष्यका लागी आफुले भोगेका कुरा नभन्नु पनी इतिहास प्रती अन्याय होला ।

अब बिषय बस्तु तिर लागौँ । एउटा गाऊका आठ-दस जना युवाहरु मदिरालयबाट मदिरा सेवन पश्चात घरतिर फर्कदै रहेछन् । टहटह जुनेली रात, गर्मीको मौसम, नदि किनारको बाटो एउटा डुगां देखेछन् । सबैले सल्लाह गरेछन् अझै खाना खाने बेला भएको छैन । एकछिन डुङ्गामा चढेर मस्ती गरौ । शितलताको आनन्द लिऊँ भनेर । सल्लाह मिलाएर डुगांमा चढेर आफ्ना आफ्ना हातमा (पतवार) दावीलो समाएर पानीमा खियाउन थालेछन । मदिरामा मस्त युवा गर्मीको बेला पानीको शितलताले मस्त निदाएछन् । बिहान मिर्मिरे उज्यालो हुने बेलामा एकजना जागेछ र भन्न थालेछ साथी हो, रातभरि डुगां चलाईयो कतै हामी अर्कै राज्यमा आयौ होला त्यहाको नियम के कस्तो छ पक्राउ परिएला भनेर तल झरेर हेर्छत हिजो जहाबाट डुगां चढेको हो, डुगां त्यहीको त्यही । घोरिएर यसो हेर्छत डुङ्गालाई लामो रस्सिले बाँधेको लस्सी हेर्दै माथी डिलसम्म पुगेर हेर्दा त मजबुत बाँसको किल्लामा बानिराखेको रहेछ । पानीको छालले बगाउला भनेर डुगां मालिकले बाधेर राखेको रहेछ । रात भरिको मेहनत बेकार गयो ।

दुई तिहाईको सरकार यत्रा धाकड नेताहरुको उपस्थिती, हजारौ कार्यकर्ताको पङ्ति तर पनी विपक्षीले ५ लनो कंकड हान्दा किन तुफान आईरहेछ । समयमै डुगांको रस्सी खोल्ने विवेक प्रयोग भएको भए आज हामी अर्को राज्य, कोसौ टाडा पुगी सकिन्थ्यो । कती विकाश निर्माण गरिन्थ्यो । कतीलाई रोजगारी दिईन्थ्यो । लात्ती हान्ने गाई दुहुन गोठालो नै चाहिन्छ । दुध दुहुन नजान्नेले दुहुन खोज्दाको स्थिती आजको उपज हो ।

बीसौ बर्ष समय, बिसौ हजार आर्थिक लगानी, तमाम आमसभामा सहभागी भएका, प्रत्येक चुनावमा जिन्दावादको नारा घन्काएका, निर्वाचनमा जिउ ज्यान दिएर होमिएका आफ्ना कमरेडहरुले पार्टी परित्याग गरे भन्दा अचाक्ली पीडा हुन्छ । कसैको दोश्रो घर हुनु भनेको श्रीमान श्रीमती दुवैको समान कमजोरी हुनु हो, स्विकार्नु पर्दछ । जाने मात्र दोषी हुदै होईन । यी सबै समस्याको कारक तत्व गुटउपगुट, गुट उपगुटमा पनी नजीकको र टाढाको ।

अब दुई तिहाईको सरकारले लिएका संकल्पलाई सफल तुल्याउने नै हो भने नयाँ तरिका अपनाऔं । पुरानो परम्परागत प्रविधी त्यागौ, नयाँ आधुनिक प्रविधिको विकास गरौ । एउटै डुङ्गामा सवार छौ डुबे कोहि पनी बच्दैन । तब पनी सबैले एकताबद्ध भएर किन नसोच्ने, हिजो सोच्नु पर्ने तर आजै अहिल्यै किन नसोच्ने ?

एउटा विज्ञले भनेका छन्,एउटा उद्यम, पेशा, क्यवसाय नगर्ने सोचेका छौ भने तिमी आत्महत्या गरिहाल ।

– रुपेक कुमार श्रेष्ठ, बुद्धभूमि -४, कपिलवस्तु ।

लेखक कम्युनिष्ट आन्दोलनका एक योद्धा हुन् ।