बुधबार, बैशाख ५, २०८१

Ratopress

Advertisment

SKIP THIS

कांग्रेस विवाद: देउवालाई बुझाउने पौडेल समूहको विरोधपत्र किन रोकियो ?

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला निर्णय सच्याउन माग गर्दै आइतबार दर्ता गर्ने भनिएको विरोधपत्र दर्ता गर्न सकेनन् ।

केही दिन अघिदेखि नै तयारी भएको उक्त विरोधपत्र अन्तिम चरणमा आएर दर्ताको काम स्थगित भएको हो । पौडेल समूहका नेता नविन्द्रराज जोशीका अनुसार उक्त विरोधपत्र अब सोमबार मात्रै बुझाइनेछ ।

नेता जोशीले थप छलफल र आन्तरिक गृहकार्य आवस्यक भएकाले सोमबार दिउँसो १ बजेपछि विरोध पत्र दर्ता गरिने जानकारी दिए । पौडेल समूहका अर्का एक नेताले भने हस्ताक्षर संकलन पर्याप्त नभएकाले आइतबार उक्त विरोध पत्र दर्ता गर्न सम्भव नभएको बताएका थिए ।

सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तारका काम विधान मिचेरै आफूखुसी गरेको भन्दै पछिल्लो समयमा गरिएका निर्णय सच्याउनुपर्ने माग पौडेल समूहको थियो । सोही अनुरुप पछिल्ला निर्णय सच्याउनुपर्ने भन्दै आइतबार विरोधपत्र दर्ता गर्ने तयारी भएको हो ।

शनिबार काठमाडौँको बसुन्धरामा सम्पन्न पौडेल समूहको भेलाले सभापति देउवलाई पछिल्ला निर्णय सच्याउन दबाब दिनुपर्ने भन्दै हस्ताक्षर समेत संकलन गरेको थियो । तर उक्त भेलाले शनिबार दबावका लागि आवस्यक हस्ताक्षर संकलन गर्न नसकेको पनि पौडेल निकट स्रोतले जनाएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेका छ ।