शनिबार, कार्तिक ८, २०७७

नेकपा अर्घाखाँचीद्वारा बाढी पहिरो पिडितप्रति दुःख व्यक्त

अनिल नेपाली, अर्घाखाँची ।

नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जिल्लाको विभिन्न स्थानमा केही दिन अगाडी बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

आइतबार जिल्ला सेक्रेटरी माहुरीले एक प्रेस वक्तव्य जारी गर्दै जिल्लाको शितगंगा नगरपालिका वडा नं. ११, १२ र सन्धिखर्क नगरपालिका वडा नं. ७ को खाँचीकोटको भुजुङेमा क्षति पुर्याएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले पार्टीका स्थानीय सत्ता, जबस र मोर्चालाई उद्दार तथा राहतमा खटिन अपिल समेत गरेका छन् । उनले जिल्लामा रहेका सम्पूर्ण जोखिमपूर्ण बस्तीहरुको पहिचान गरी तत्काल उचित स्थानमा व्यवस्थापन गर्न माग समेत गरेका छन् ।