शनिबार, कार्तिक ८, २०७७

विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीद्वारा राहत वितरण

जनतालाई सुरक्षित बासको व्यबस्था मिलाउन लागि पर्छौ – अध्यक्ष नविन खड्का

अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट सन्धिखर्क नगरपालिका र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा सन्धिखर्क नगरपालिका ७ हिडीडाँडाका बाढी पहिरो पिडितलाई राहत वितरण गरिएको छ । कार्यक्रम अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नविन खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष खड्काले देशमा बैकल्पिक शक्तिकोे रुपमा आफुहरुले फरक ढङ्गले जनताको माग पुरा गर्नको लागि आएकोले आफुहरुले उठान गरेका माग सम्पूर्ण जनताको माग भएकोले साथ दिनको लागि समेत अपिल गदै पिडितलाई छिटो भन्दा छिटो अन्य स्थानमा बासकोे व्यबस्था मिलाउनकोे लागि आफ्नोे सगठन लागि पर्ने बताउदै बास्तविक श्रमजिवि जनताको पार्टी विप्लब नेतृत्वको नेकपा रहेको ले यसमा साथ सहयोग गर्न अपिल गदै पिडितलाई चामल तेल नुन साबुन दाल लगायतका सामाग्री वितरण गरिएको अध्यक्ष खड्काले बताउनुभएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सुख दुखको बेला जनतालाई सहयोग गर्ने पार्टी विप्लब नेतृत्वको नेकपा रहेकोे बताएका थिए ।

पिडितको तर्फबाट कार्यक्रममा मन्तव्य राख्दै पुन बहादुर नेपालीले आफुहरुलाई अन्य स्थानमा बसोेबासको लागि पहल गरिदिन आग्रह गरेका थिए गएको ५ देखि ८ गतेसम्म अविरल बर्षाका कारण स्थानीय स्तरमा बसोेबास गर्दै करिब ८ घर परिबारलाई अन्य स्थानमा सारिएको छ ।