शनिबार, कार्तिक ८, २०७७

प्रहरी नायब निरिक्षक देव बहादुर केसीलाई अस्थायी प्रहरी चौकी सातमाराद्वारा स्वागत

गणेश बेल्बासे संगम, अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट अस्थायी प्रहरी चौकी सातमारा आउनुभएका देव बहादुर केसीलाई परिचयात्मक कार्यक्रम गर्दै स्वागत गरिएको छ ।

अस्थायी प्रहरी चौकी सातमाराले एक कार्यक्रमको आयोजना गरी चौकीको प्रमुख भएर आउनुभएका प्रहरी नायब निरिक्षक केसीसँग परिचयात्मक एवं स्वागत कार्यक्रम गरेको अनुसन्धान सहायक रेशम बहादुर केसीले रातो प्रेस डटकमलाई जानकारी गराउनु भयो ।

स्वागत कार्यक्रममा शितगंगा ८ का अध्यक्ष रुकेश आले र ९ का अध्यक्ष भिम केसीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै स्थानिय राजनितिक दलका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी लगाएतको उपस्थिती रहेको थियो ।