मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

शिव हमालको शब्द ,सङ्गीतमा कला लम्साल र बिमल परियारको आवाजमा ‘लाहुरे आएन झुक्कायो ‘(भिडियो सहित)

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । एक तवरले भन्नेनै हाे भने गीत संगीत पनि एउटा सुखदुःखकाे सहयात्री जस्तै हुन् दु:ख पर्दा हाेस् या खुसी उत्साहकाे बखत सुन्ने र रमाउने भनेकै गीत संगीत हाे अाखिर गीत संगीतलाई माया नगर्ने र नरुचाउने त काे नै हाेला र।

समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्।

प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ। अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् ।

कुनै गीत संगीत दर्शकस्राेताकाे आँखै रसाईदिने खालका त कुनै गीत संगीतले ननाचे पनि बारुली कम्मर मर्काएर नाच्दिउ नाच्दिउ जस्तो खैर जे हाेस् गीत संगीतको विषेशता भनेकै यहीँ हाे। जे हाेस् पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।

यसैक्रममा गायिका कला लम्साल र गायक बिमल परियारको आवाजमा एउटा फरक किसिमको नयाँ लोक दोहोरी गित ‘लाहुरे आएन झुक्कायो’ बोलको को म्युजिक भिडियो बजारमा आएको छ ।

गितमा शब्द तथा सङ्गीत शिव हमालको रहेको छ । भने मौसम हिमालिको निर्देशन रहेको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायाँकन र प्रबिन भट्टको सम्पादन रहेको छ। गितमा एरेन्ज भने चेतन गोतामेको रहेको छ ।त्यसैगरी गीतको भिडियोमा गम्भीर बिस्ट र कला लम्साल को दमदार अभिनय देख्न सकिन्छ। गितको भिडियोलाइ कला लम्साल युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।
 भिडियो हेर्नको लागि लिंकमा क्लिक गर्नुहोस