शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै : आज प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

हिजोअस्ति लगातर झरी पारेको प्रणालीकै असरले आज पनि प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर धेरै ठाउँको मौसम दिउँसो खुल्नेछ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली कमजोर हुँदै गएकाले हिजोदेखि नै कम पानी पर्दै गएको हो । आज दिउँसाे प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसम आज दिनभरी नै सामान्य भई केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम एकैछिन खुल्दै फेरि बादल लागेर एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् बासीको पूर्वानुमान छ । आज राती पनि प्रदेश १ र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशका अरु प्रदेशमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

गएराति स्थानीय वायुको प्रभावले बुटवल आसपासम निकै ठूलो पानी परेको उहाँले जानकारी दिनुभयो । मंगलबार बेलुकीदेखि देशभरी नै झरी पारेको प्रणालीको असर कम हुँदै गएकाले अब केही दिनमा यो वर्षको मनसुन पनि सकिने मौसमविद् बासीको भनाइ छ । मनसुन बाहिरिनको लागि आवश्यक प्रणाली बन्दै गएकाले अबको केही दिनमा नेपालबाट मनसुन बाहिरिने उहाँले बताउनुभयो ।