शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

मनसुन सक्रियः यी प्रदेशमा हुँदैछ अति भारी वर्षा

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको मध्य भु(भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम-उत्तर-पश्चिम सर्दैछ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहेता पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेको छ। आगामी ३ दिनसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जनरचट्याङरहावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान निकालेको मौसम बुलेटिनमा आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहितमध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १(२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

शुक्रबार दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। राती प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ का १–२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुटवल तिनाउनदीमा बाढी आएर जलसतहले खतरातह पार गरेको महाशाखाले जनाएको छ। महाशाखा अनुसार तिनाउ नदी तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा दिउँसो सम्मै उच्चसतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ु सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।