शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा ९ मा नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न

घनु गाहा/ शितगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शितगंगा – ९ लामिदमारमा हिजो मंगलबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टी एकताको सन्देश कार्यकर्ता तहसम्म पुर्‍याउने, एकतालाई बलियो बनाउने, निती तथा कार्यक्रम र योजनाको बारेमा जानकारी गराउने, कार्यकर्ताको गुनासो, सुझाव संकलन तथा स्थानीय तहका जनप्रतिनिधिहरुको कामलाई प्रभावकारी बनाउन सघाउने उद्देश्यले कार्यक्रम गरिएको शितगंगा ९ वडा कमिटी अध्यक्ष पदम केसीले बताए ।

कार्यक्रममा प्रमुख आतिथीका रुपमा बोल्दै नेकपा शितगंगा नगर कमिटीका इन्चार्ज विवेक गैरेले चुनावमा जनतासामु गरेको प्रतिवद्धता अनुसार पार्टी एकता भएको जानकारी गराउदै राजनितिक स्थिरतालाई विकास र सम्वृद्धीको अभियानमा उपयोग गर्नुपर्ने बताए ।

नेपाली जनताको जिवनस्तरमा सुधार गरी सम्बृद्ध मुलुक निर्माण गर्ने पार्टी र वर्तमान सरकारको प्राथमिकता भएको बताउँदै अनियमितता, बेतिथी, भ्रष्ट्राचारका विरुद्ध सक्रिय भएर लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन ।

कार्यक्रममा विशेष आतिथी एवं जिल्ला कमिटी सदस्य भिम केसीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडा ईन्चार्ज गोपाल विष्ट, नगर कमिटी सदस्य खुम बहादुर लुईचे सुशिला आचार्य लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै

पदम केसीको अध्यक्षता, गोविन्द रसाईलीको सञ्चालन र घन बहादुर गाहाको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शितगंगा ९ का अगुवा कार्यकर्ता तथा समर्थकहरुको उपस्थिती रहेको थियो ।

नेकपाले शितगंगा नगरपालीकाका सबै वडाहरूमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण लगाएत पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ ।