शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

आर्थिक अभावले दुबै मृगौला पिडित हेमान्ता आचार्यको उपचारमा समस्या, सहयोगको लागि अपिल

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका ६ दाङ्गसिङ निवासी २१ वर्षीय हेमान्ता आचार्यको दुबै मृगौला फेल भएर पिडित बनेकी छिन । उनी बिगत ४ वर्ष देखि मृगौला पिडित बनेकी हुन । कक्षा १० सम्मको अध्ययन गरेकी आचार्यको उपचारकै क्रममा अहिले भए भरको सम्पती बेचेर उपचार गर्दा पनि सन्चो हुन सकेको छैन ।

डाक्टरको सल्लाह अनुसार हप्तामा २ पटक डाइलेसिस गराउनु पर्ने हुन्छ । अहिले नेपाल सरकारले डाइलेसिस सेवा निशुल्क गरे पनि आवत जावतमा लाग्ने भाडा र औषधी किन्ने पैसा र खाना बस्न लाग्ने खर्च समेत जुटाउन मुस्किल छ । उनका बाबु अम्मर आचार्य र आमा तथा भाइ बहिनी उनकै उपचारको लागि काम पाउने आशामा छिमेकी जिल्ला अर्घाखाँची छोडेर हाल कपिलवस्तुको शिवराज नगरपालिका ३ खैरेनिपुरमा डेरा गरि बस्दै आएका छन ।

उनको बाबु अम्मर छिमेकी देश भारतमा उहाँकै उपचारका लागि बेलाबेलामा काम गर्न जानु हुन्थ्यो तर यो महामरीले अहिले त्यो पनि सहज नभएको कारण उपचारको लागि अत्यन्तै कठिनाइ भएकाले परिवारले सहयोगको लागि अपिल गरेका छन । त्यस्तै उनको बुवा पनि विरामी नै हुनुहुन्छ । उहाँको पनि ३ पटक सम्म पत्तथरीको अपरेशन भएको परिवारले जनाएको छ ।

आमाले दिनरात नभनि मजुदुर गरि बिहान बेलुकाको छाक टार्ने प्रयास मात्र भएको छ । घरको आर्थिक अवस्था निकैदयनिय छ त्यसैको विचमा डाक्टरको सुझाव अनुसार पटकपटक डाइलेसिस गर्नुपर्ने हुन्छ । एक पटकको डाइलेसिसमा आवत जावत र औषधी बतापत २ हजार लाग्ने र महिनामा कम्तिमा ८ पटक डाइलेसिस गर्न जानु पर्छ खर्च पुराउन अत्यन्तै कठिनाइ भएको परिवारले बताए ।

लामो समय सम्मको लकडाउनको समयमा बाबु आमाले काम गर्न नपाएकोले रिण खोजेर उपचार गरेको र आफुलाई बाच्ने इच्छा भएको बताउदै सहयोगका लागि सबैसंग अनुरोध गरेकी छिन ।