मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

कपिलवस्तुमा ‘थारु बौद्ध समाज’ गठन, अध्यक्षमा जलेश्वर प्रसाद थारू

गणेश बेल्बासे संगम, कपिलवस्तु ।

कपिलवस्तुमा थारू बौद्ध समाज गठन भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ असनहरामा आयोजित एक भेलाले कार्य समिति गठन गरेको हो ।

बौद्ध समाजको बोर्ड

नव गठित थारू बौद्ध समाजमा जलेश्वर प्रसाद थारुको नेतृत्वमा ११ सदसिय समिति गठन भएको छ । जसको उपाध्यक्षमा राम मिलन थारु कोषाध्यक्षमा शिवाली थारू, सचिवमा राजेश थारु, सह-सचिवमा कृष्ण बहादुर थारू रहेका छन । त्यस्तै सदस्यमा सुकई थारु, झगडु थारु, नारायण प्रसाद थारु, चमेली थारु, चमेली थारु, जयराम थारु रहेको नवगठित समितिका अध्यक्ष जलेश्वर प्रसाद थारुले रातो प्रेस डटकमलाई जानकारी गराएका छन् ।

त्यसैगरी सोही भेलाले ६ सदसिय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा कृष्ण बहादुर चौधरी, भोजराज थारू, नाथुराम थारू, सुमित्रा थारु, जंजिर प्रसाद थारु, उमाशंकर थारु रहेका छन ।

भेलामा स्थानिय संघ संस्थाका प्रतिनिधी, अगुवा समाजसेवी, बुद्धिजिवी, पत्रकार लगाएतको उपस्थितीमा थारु बौद्ध समाज कपिलवस्तु गठन गरिएको हो ।

उक्त समाजकाे उद्देश्य बुद्धको जन्मभुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन बौद्ध शिक्षाका लागि विद्यालय संचालन गर्ने बताइएको छ ।