शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

संविधान दिवसका अवसरमा प्रधानमन्त्रीले विशेष सम्बाेधन गर्नुहुने

काठमाण्डाै : संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले देश/विदेशमा रहेका नेपालीलाई शुभकामना साथै संविधान कार्यान्वयनको अवस्थाबारे सम्बोधन गर्नुहुनेछ ।