शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीको सिद्धारामा रुखबाट खसेर एक महिलाको मृत्यु

फाईल तस्बिर

रातोप्रेस डटकम/ सिद्धारा ।


पशु चौपायालाई घाँस काट्न गएकी एक महिला रुखबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा शितगंगा नगरपालिका-९ सिद्धाराकी करिब ७०-७५ वर्षीया हेमकला विकको घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा डाले घाँस काट्दै गरेको रुखबाट खसेर विकको मृत्यु भएको ईलाका प्रहरी चौकी सिद्धाराका प्रमुख चुल्हाई चौधरीले रातोप्रेस डटकमलाई जानकारी दिनुभयो ।

हिजो मंगलबार दिउंसो करिब ५ बजे रुखबाट लडेर घाईते भएकी विकलाई उपचारका लागि एम्बुलेन्सबाट बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताईएको छ ।