सोमवार, अशोज १२, २०७७

नेपालको भूभाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक

काठमाण्डाै : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक सार्वजनिक गरेको छ ।

मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूभाग र सिमानासम्बन्धी जानकारी दिने उद्देश्यले प्रकाशन गरेको सो पुस्तक मंगलबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भर्चुअलरुपमा सार्वजनिक गर्नुभयो । गएकाे २ नोभेम्बर २०१९ मा भारतले एकतर्फीरूपमा जारी गरेको नक्सामा लिपुलेक–कालापानी–लिम्पियाधुरासिहतको नेपालको भूभागलाई भारतीय क्षेत्रमा देखाएको र सो भूभागमा सडकसमेत बनाएको र नेपालले पनि आफ्नो नक्सा परिवर्तन गरी संविधानमा समेत संशोधन गरिसकेको स्थितिमा विद्यार्थी तथा जनसमुदायमा नेपालको सीमासम्बन्धी वास्तविक अवस्थाको जानकारी गराउन विज्ञको परामर्शमा पुस्तक तयार गरिएको हो ।