सोमवार, अशोज १२, २०७७

शितगंगा ९ का कृषकहरुलाई अनुदान वितरण कार्य सुरु

घनु गाहा/शितगंगा ।
अर्घाखाँचीको शितगंगा नगरपालिका ९ ले कृषकहरुलाई अनुदान रकम वितरण गर्न सुरु गरेको छ । कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका बाख्रापालक, लोकल कुखुरा पालक तथा केराखेती गर्ने कृषकहरूलाई अनुदान रकम वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लगाईएको लकडाउन र लगातारको वर्षाका कारण केही ढिलाई भए पनि आज नयाँबस्ती, रङसिङ, भक्कुचोक, खारघाट लगाएतका टोलहरु बाट २७ जना कृषकलाई अनुदान वितरण गर्‍यो ।

जसमा ८ जना केराखेती गर्ने कृषकलाई प्रति रोपनी ५ हजारका दरले अनुदान वितरण गरिएको छ । १५० किलो भन्दा बढी तौल खसीबोका बेच्ने १३ जना कृषकलाई प्रति किलो ५० रुपैंयाका दरले अनुदान वितरण गरिएको छ । त्यस्तै ५० किलो तौल भन्दा बढी लोकल कुखुरा पालक कृषकलाई प्रति किलो ५० रुपैंयाका दरले अनुदान वितरण गरिएको वडाध्यक्ष भिम केसीले जानकारी दिनुभयो ।