सोमवार, अशोज १२, २०७७

अखिल (क्रान्तिकारी) द्वारा काठमाडौँ उपत्यकामा रक्तदान कार्यक्रम

काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण देशै भरी रगत अभाव भएको भन्दै अखिल क्रान्तिकरीले शुरु गरेको रक्तदान कार्यक्रम अन्तर्गत आइतबार काठमाडौँ उपत्यकामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

उपत्यका क्षेत्रीय समन्वय समितिको आयोजनामा गरिएको उक्त कार्यक्रममा क्रान्तिकारीका पदाधिकारी सहित १५ जनाले रक्तदान गरेका छन् । यस अघि क्रान्तिकारीले देशका विभिन्न ठाँउमा रक्तदान कार्यक्रम गर्दै आएको छ । रगतको अभावमा कोही पनि बिरामीको ज्यान नजाओस भन्ने उद्देश्य रक्तदान कार्यक्रम गरिएको क्रान्तिकारीको भनाई छ ।