बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

वडा नम्बर १३ मा तीज गीत प्रतियोगिता सम्पन्न

 

अर्घाखाँची । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँचीमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । सितगंगा नगरपालिका वडा नम्बर १३ र सिमलपानी साना किसान कृषि तथा पशु विकास महिला सहकारी संस्था अर्घाखाँचीको आयोजनामा तीजगीत प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय खुल्ला तीज गीत प्रतियोगितामा १२ समूहले भाग लिएका थिए । सो प्रतियोगिता महिला हिंसा विरुद्ध चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रभाकर माविको समूह प्रथम, मुसीयान युवा क्लवको समूह द्धितीय, सिमलपानी सहकारी तृतीय र हरियाली महिला समूहले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष दुर्गा बहादुर विसिको अध्यक्षता, सितगंगा नगरपालिकाका नगर प्रमुख सूर्य अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै नगर उपप्रमुख टिका रेस्मीको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रम माया विसिको संयोजकत्व र ऋषिराम विश्वकर्माको संचालनमा सम्पन्न भएको सहकर्मी अनिता क्षेत्रीले जानकारी दिनुभयो ।