सोमवार, अशोज १२, २०७७

अमेरिकी चुनावलाई लक्षित गरी ह्याकरहरु सक्रिय : माइक्रोसफ्ट

काठमाण्डाै : माइक्रोसफ्टले अमेरिकाको आउँदो राष्ट्रपति चुनावलाई लक्षित गरेर ह्याकरहरु सक्रिय भएको बताएको छ ।

रुस, चीन र इरानसँगको सम्बन्धमा रहेका ह्याकरहरुले सन् २०२० मा हुने राष्ट्रपति चुनावमा सामेल भएका व्यक्ति र समूहहरुमा हस्तक्षेप गर्ने कोशिस गरिरहेका माइक्रोसफ्टका टेक फर्मले बताएका बीबीसीले जनाएको छ ।

सन् २०१६ को चुनावमा डेमोक्रेटिक अभियान चलाएर ह्याकरहरुले चुनावलाई लक्षित गरी आफ्ना गतिविधि अघि बढाएका खबरमा उल्लेख छ । राष्ट्रपतिको दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बिडेन ह्याकरहरुको निशानामा रहेका पनि माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टले विज्ञप्ति निकालेर रुसी ह्याकरहरुको समूहले दुई सयभन्दा धेरै संगठनलाई लक्षित गरेका र त्यसमध्ये अमेरिकी राजनीतिक दल पनि रहेका बताएको बीबीसीले जनाएको छ । त्यो समूहले बेलायती राजनीतिक दलहरुलाई पनि निशाना बनाएको खबरमा उल्लेख छ ।

माइक्रोसफ्टका उपाध्यक्ष टम बर्टले ह्याकरहरुले नागरिकहरुको खातामा प्रवेश गरेर पहुँच बनाउने काम गरिरहेका भन्दै समयमै नरोकेमा यसले अमेरिकी चुनावमा समस्या ल्याउने बताउनुभएको छ ।