सोमवार, अशोज १२, २०७७

लोक प्रिय सर्जक डा. शिब सुवेदीको ‘बाँचेको छु धन्न’ एक कालजयी सिर्जना

शिब खनाल, कपिलवस्तु ।
‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’,’खै हाम्रो दिलमा त घामै लागेन’लगायतका थुप्रै गीतका रचनाकार तथा संगीतकार डा.शिव सुवेदीको शब्द/संगीत रहेको नयाँ लोक गीतको भिडियो सार्वजनिक भएको छ । ‘बाँचेको छु धन्न’ बोलको यस गीतमा चर्चित गायक बिक्रम परियारको र बालगायिका समिक्षा अधिकारीको स्वर रहेको छ ।

गीतको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको जीवन्त अभिनय रहेको छ । देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटना पछि छुटेको प्रेम जोडीको कथा देखाईएको छ ।

प्रेमीकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन् । भिडियोका छायाँकार अनिल कृष्ण मानन्धर हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन् ।