शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

‘निजी ल्याबको रिपोर्ट सरकारलाई मान्य हुने, बीमा कम्पनीलाई किन नहुने ?’

काठमाण्डाै – स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालाले दिएको पीसीआर रिपोर्टलाई पूर्ण मान्यता दिइएकाले अरुले पनि यसैलाई आधिकारिक मान्नुपर्ने बताएको छ ।

निजी प्रयोगशालामा पीसीआर जाँच भएका रिपोर्टलाई मान्यता नदिने बीमा कम्पनी र बीमा समितिले निर्णय गरिसकेका छन् । तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने निजी प्रयोगशाला सरकारकै मापदण्ड अनुसार चलेका र उनीहरुको रिपोर्टकै आधारमा कोरोना सङ्क्रमित पहिचान हुने र उपचार गर्ने क्रम चलिरहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेका रिपोर्टलाई निजी या व्यापारिक स्वार्थको लागि शंका गर्नु आपत्तिजनक कुरा भएको पनि बताउनुभयो । निजी प्रयोगशालाको पीसीआर रिपोर्ट सरकारलाई मान्य हुने तर बीमा कम्पनीलाई किन मान्य नहुने भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।

कोरोना बीमाको नाममा बीमा कम्पनीले १२ लाख भन्दा धेरै व्यक्तिबाट झण्डै ७५ करोड रुपैयाँ उठाइसकेका छन् । उनीहरुले बीमा दावीको रकम दिन पनि आनाकानी गरेका छन् । एक हजार चार सय ६७ जनाले बीमा भुक्तानी माग गरेकोमा जम्मा दुई सय ३९ जनाले मात्रै भुक्तानी पाएका छन् ।