मङ्लबार, अशोज १३, २०७७

गायत्री मन्त्रको विषयमा गरिएको टिप्पणी प्रति सनातन गोरक्ष नेपालद्वारा आपत्ति

काठमाडौं । सामाजिक सञ्जाल मार्फत हिन्दुहरुको आस्थामाथि दुराशयपूर्ण प्रहार गरेको भन्दै विभिन्न संघ संस्थाहरुले गम्भिर आपत्ती प्रकट गरेका छन् ।

हामी नेपाली ख्रिस्टीयन भन्ने फेसबुक ग्रुपले सामाजिक सञ्जाल फेसबुकको प्रोफाइलमा उत्तर हाङ्ख लिम्बू र कल्पना मगर नाम गरेको व्यक्तिले हिन्दुहरुको आस्थामा चोट पुर्‍याउने भिडियो पोष्ट गरेका थिए ।

जसमा हिन्दुहरुको आस्थामाथि दुराशयपूर्ण प्रहार गर्दै सम्पूर्ण सनातनी हिन्दूहरुले श्रद्धापूर्वक जप मंत्रोच्चारण गर्ने गायात्री मंत्रमाथि तुच्छ र निकृष्ट टिप्पणीप्रति सनातनी हिन्दूद्वारा गम्भीर आपत्ती जनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस सम्बन्धमा सनातन गोरक्ष नेपालले आईतबार जावलाखेल प्रहरी परिसर र महानगरिय अपराध महाशाखामा मुद्दा हाल्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।