सोमवार, अशोज १२, २०७७

नव प्रतिभाको प्रोत्साहन स्वरूप गायक सुनिल गिरीको मेलिनालाई ‘मुग्लान’ उपहार

काठमाडौं / शिब खनाल ।
युवा पुस्ताका लोक प्रिय लोकपप तथा आधुनिका गायक सुनिल गिरि थोरै गीत गाउछ्न तर ती गीतहरु दर्शक स्रोताले खुब मन पराउछ्न । उनको स्वरमा रहेकोे मुग्लान बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ ।

मुग्लानमा महिला स्वर नवप्रतिभा मेलिना मैनालीले रहेको छ नेपाली समाजमा रहेको रोजगारी लागी मुग्लान छिर्ने पुरानो चलनलाई यस गीतले मार्मिक रूपमा प्रस्तुत गरेको छ । पछिल्लो समय निर्देशनमा समेत होमिएका गिरिले यसमा गीतको पनि निर्देशन आफैले गरेका छ्न ।

प्राय सबै गीतमा जस्तै शब्द सङ्गीत समेत उनैको रहेकोे छ । केही दिन पहिलो उनले आफ्नु होम स्टुडियो संचालन भएको उपलक्ष्यमा एउटा गीतको अडियो भिडियोमा नयाँ गायक गायिकासँग सहकार्य गर्ने बाचा गरेका थिए । त्यही बाचा अनुरुप उनले मेलिना मैनालीसँग सहकार्य गरेका हुन ।
भिडियोको लागि यहाँ क्लिक गर्नुहोस :