शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

चालु आव वर्षको साउनमा मात्रै ८ जनाको ज्यान गयो

कपिलबस्तु ।

वर्षा, पानी र बढ्दो गर्मीसँगै कपिलबस्तु सर्पदशं उपचार केन्द्र गोरुसिङेमा सर्पदशंका बिरामीको अत्यधिक चाप बढेको छ  । चालु आर्थिक वर्ष २०७६ र ७७ को साउनमा मात्र १९४ ले सेवा लिएका छन्  । भने ८ जना सर्पदंश बिरामीको ज्यान गएको छ  ।

जसमध्य ७ जनाको उपचारको क्रममा ज्यान गएको थियो भने १ जना उपचार गर्न आउदै गर्दा बिच बाटोमा  ज्यान गएको कपिलबस्तु सर्पदशं केन्द्र गोरुसिङेका व्यवस्थापक नबिन भण्डारीले जानकारी दिनु भएको छ  ।त्यस्तै गत अव बर्ष २०७५र ७६ मा ७४५ जना सर्पदशंका बिरामी सेवा लिएका थिए । जसमध्य ४ जनाको ज्यान गएको  थियो । भने ७४१ जना उपचार पछि घर फर्किएका थिए   ।

,दाङ, रुपन्देही, गुल्मी ,अर्घाखाँची ,रोल्पा , परासी र गुल्मी बाट यस सर्पदशं केन्द्रमा सर्पदशंका बिरामी उपचार गराउन आउने गरेको पनि व्यवस्थापक भण्डारी बताउनु भयो  । विशेषगरी वर्षायामको समयमा जमिनको सतहमा सर्प आउने भएका कारण पनि सर्पदंशका बिरामी बढ्ने गरेको पाइएको हो । गर्मीयाममा प्रायः सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गर्न शौचालय गएका बेला सर्पले डस्ने गरेको पाइएको छ । केही दिन यस केन्द्रमा औषधीको अभाव भएको हल्ला चले पनि यो हल्ला  सत्य नभएको व्यवस्थापक भण्डारीले बताउदै सर्प दशंका बिरामी अन्धबिश्वास र झारफुखमा नलाग्न पनि आग्रह गर्नु भयो । यो केन्द्र नेपाली सेनाको प्राबिधिक र बुद्धभुमिनगरपालिकाको व्यवस्थापन सहयोगमा सञ्चालित रहेको छ । प्रेसपाटि बाट