सोमवार, अशोज १२, २०७७

प्रकाश क्षेत्रीले सत्य घटनामा आधारित मनै छुने गीत लिएर आए (भिडियो सहित)

अभिनव चौहान / काठमाडौं ।
नेपाली संगीत बजारमा फरक फरक समयमा फरक ख्यालका गीतहरु सार्वजनिक भईरहेका छन् ।एउटा गीत बजारमा ल्याउँदा धेरै जना व्यक्तिहरुको हात हुने गर्दछ।अर्थात गीत बनाउने काम सामुहिक कार्य हो।गीतको शब्द संगीत स्वर अभिनय निर्देशन लगायतका अनिवार्य कुराहरूको संयोजन पछि मात्रै गीतले पूर्णता पाउने गर्दछ।

यतिबेला अछामको रामारोशन गाउँपालिका ५ सैनीबजारमा बाढीले बगाएको दृश्य समेटिएको डेउडा गीत नघट्ने घटना घटी मेरा अछाम जिल्ला सार्वजनिक भएको छ । भदौ २ गते कैलाश खोलामा आएको बाढीले सैनीबजार र आसपास क्षेत्रलाई बगाएको थियो । सो बाढीले २२ घर बगाएको थियो भने बाल बच्चा सहित १७ जनालाई बगाएको थियो ।

जसमध्ये अझै ७ जनाको शव भेटिएको छैन । ठुलो जनधनको क्षति पुर्याएको उक्त घटनाको वास्तविक दृश्यसहित कलाकारहरुले देउडा गित सार्वजनिक गरेका हुन् ।

जयन्द्र भण्डारीको शब्द र बिशाखर तिमिल्सिनाको उत्कृष्ट लयमा तयार पारिएको गितमा रुप रावल र विशाखरले स्वरबद्ध गरेको गितले कहाली लाग्दो उक्त सत्य घटनालाई शब्द र भिडियोमा कैद गरिएको छ । नघट्ने घटना घटी मेरा अछाम जिल्ला बोलको देउडा गित भिडियोसहित सर्वसम्मान म्यूजिक प्रा लि ले बजारमा ल्याएको हो । प्रा लि का निर्देशक प्रकाश क्षेत्रीले अभियान गरेका छन् ।
गितका अधिकांश दृश्य घटनास्थलकै छन् ।

बस्तीमा बाढी आउँदा भएको चिच्चाहटको दृश्यलाई पनि गितमा समेटिएको छ । गितको भिडियोमा एरेञ्ज मिक्सिंग र ध्वनी कृष्ण लामिछानेको रहेको एल्वममा निर्देशक क्षेत्रीसँगै टंक रावल तेज रावल र विमला शर्मा केशर थापाले घटनालाई भिडियोमा उतारेका छन् । सर्व सम्मान म्यूजिक प्रा लि ले यसअघि पनि सत्य घटना र दुर्घटनालाई गितमा उतार्दै आएको छ ।

बाढीले गाउँपालिकाको ५ का ४७ बर्षिया नन्दु साउद, ४५ बर्षिया गंगा साउद, ५५ बर्षिया जोगा साउद, ४५ बर्षिया अम्मर शाह, ४० बर्षिया पवित्रादेवी शाह, ४ बर्षिया समिर शाह, ३५ बर्षिया सम्झना शाह, ४५ बर्षिया बासू साउद, ४५ बर्षिया लालसर शाही सहित १७ जनााई बाढीले बगाएको थियो । त्यसैगरी बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुंगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स ५ वटा जलविघुतका पावर हावस र ४ वटा मोटरसाईकल बगाएको थियो ।

भिडियो हेर्नको लागि तल दिएको लिङ्क खोल्नुहोस् :