सोमवार, अशोज १२, २०७७

पैसा कमाउन खाडी जाने हो, नेता बन्ने होईन – रुपेश कुमार श्रेष्ठ

“म ईश्वरका नाममा सपथ लिन्छु” भन्दै माथी देखी तल सम्म सम्पूर्ण जनप्रतीनिधीले ईश्वरका नाममा सपथ लिएकै हुन्छन तर अपवाद बाहेक बाटो बीराएकै वर्तमान छ ।

देश, जनता, पार्टी र ईश्वरको बकायदा कसम खाने तर पालना नगर्ने आखिर किन ? माथीका कुरा माथीका ले गर्लान, यहॉंका कुरा हामी ले नै हो । हाम्रो विकाश सिरिफ हाम्रो हो, हामी हिड्ने बाटो, हाम्रो नाला, हाम्रो सिचाई, पुल पुलेसो, हाम्रो सामुदायीक बन, हाम्रो खेल मैदान, सामुदायीक भवन आदि ईत्यादि जे जती संरचनाहरु बन्छन् यी नितान्त हाम्रा लागी हुन ।

अव यसको निर्माणमा हामी आफै चलखेल गर्नु गराउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु भयेन र ? यसमा आर्थिक चलखेल गर्नु भनेको “सपथ विपरित”। योजनाको गुणस्तर घट्नु हो । गुणस्तर घट्नु भनेको बनेको भवन भत्किए हामी नै च्यापीने हो । बाटो बीग्रीए हामीलाई हिडन, सिचाई बिग्रिए खेती सिच्न, वन बिग्रिए, खोला बीग्रीए सम्पुर्ण नाफा घाटा हामी समाजलाई हो ।

एऊटा आफ्नै घर बनाऊदा घर बुढोले नियत खराव गर्नु, कुनै छोराले हार्डवेयरको जिम्मा, कुनै ले इट्टाको जिम्मा, कुनैले ज्यामीको जिम्मा, कुनैले पेन्टिङ्को जिम्मा ती सबै जिम्मा लिनेले नियत खराव गर्दा घर कस्तो बन्ला कल्पना गर्नुस । हाम्रो समाज हाम्रा जनप्रतीनीधी, हाम्रा सरोकारवाला सम्पुर्ण जिम्मेवार निकायको दृष्टिभ्रम भए हाम्रा संरचना कस्तो होला ।

हाल सालै हाम्रो प्रदेशले अरु प्रदेशको तुलनामा जनप्रतीनिधीको सेवा सुविधा मनग्ये बढाएको रहेछ यति धेरै सेवा सुविधाको वाबजुद “सपथ” को परिपालना हुन नसक्नु दुर्भाग्य होईन र ?

हामी जागीरे होईन जीन्दगी यही ठाऊमा बिताउनु छ । उदाहरणीय बन्नुस, आफ्नै हातले ईतिहास कोर्नुस, समय पनि तपाईको कलम पनि तपाईको । देशमा पञ्चायत फापेन बहुदल आयो, तर पञ्चेको संझना आई रहन्छ । उनीहरु ईतिहास लेख्ने योग्य काम गरे, आज उनीहरुको विगत सम्झिदा गर्वले छाती चौडा हुन्छ । उनीहरुको बर्तमान हेर्दा परिवारलाई दुख लाग्दो हो ।

महात्मा गान्धीका नाती वा पनातीले टेम्पो चालाएर जीविको पार्जन गर्छन रे । जे भएपनी एक अर्व पच्चीस करोडले पुजा पनि त गर्छन । ती असफल (नीर्दलीय) पञ्चायतका सफल योद्धा भन्नु नै पर्छ । हाम्रै साविक गाँउ पञ्चायतका पञ्चायत सन्तती (परिवार) ज्वलन्त उदाहरण छन । महेन्द्रकोटका राम भक्त दर्लामी, गुन्ज बहादुर गुरुङ, दुवीयाका महादेव थारु, दिपक प्रताप राणा, बुड्ढीका दुखारी थारु, खम्व बहादुर शाह, महुवाका शत्येन्द्रपुरि गोश्वामी, धनकौलीका केदार प्रसाद कुर्मी राजपुरका (बकडेरिया) अलीरजा मुसलमान, पारस थारु, हरिहरपुरका पशुपती खनाल, राम अचल तिवारी, बरकलपुरका बेझें प्रसाद थारु, झविन्द्र राज शास्त्री यिनका विगतका ईतिहास हेर्नुस, नीष्कलंकित इतीहासका धनी । म वर्तमानका प्रतिनीधीबाट यही अपेक्षा राख्दछु । कता कता पंचायतका र गणतन्त्रका नेतृत्वलाई लाईन लगाएर नाप्न खोज्दा हाम्रालाई होचो देख्छु । कतै दृष्टीभ्रम भन्नु होला तीतो यथार्थ यही हो ।

अतः समय छदै हेक्का राख्दा अती उत्तम होला । यो सुझाव हो, विचार तपाईको ।