शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

त्रिशुली बस दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन

धादिङ– गत साउन २४ गते सर्लाही सदरमुकाम मलंगबाट राजधानी आँउदै गरेको ना ६ ख ७४६९ नम्बरको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

१३ औं पुण्य तिथिको दिन पारेर घटनास्थलमा स्वस्ती शान्ति मन्त्र बाचन, शान्ति होमसहित दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।

पृथ्वी राजमार्ग आसपासका युवाहरुको सक्रियता तथा लायन्स् क्लव अफ मलेखु टाउन, धादिङको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

लायन्स् क्लवका जोन चियर पर्शन संजय त्रिपाठीको अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा प्रमुख आतिथी रहेका धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रदान्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

दुर्घटनामा परेर १५ जनाको मृत्यु ज्यान गएको थियो भने ९ जना अझै बेपत्ता छन् ।