शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अपडेट न्यूज : कपिलवस्तुमा जिपले ठक्कर दिदाँ एक महिलाको मृत्यु

भक्तिराम घिमिरे, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज जिपले ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय पिपराका अनुसार पुर्वबाट पश्चिम जाँदै गरेको लु.१ च. ५७९६ नम्बर जिप (पिकअप) ले ठक्कर दिदाँ वाणगंगा नगरपालिका ७ बनगाई बस्ने लक्ष्मी देवी कोईरालाको मृत्यु भएको हो । ७१ वर्षीय कोईरालाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोत जनाएको छ ।

स्रोतका अनुसार सडकमा हिँडिरहेकी अवस्थामा महिलालाई जिप (पिकअप) ले ठक्कर दिएको थियो । घटनासँगै उक्त गाडी र चालक प्रहरीले नियन्त्रणमा छ ।