सोमवार, अशोज १२, २०७७

पूर्व प्रहरी हवल्दार पशुपति आर्यालद्वारा देशको विकासका लागि सबै नेपाली एक भई अगाडि बढ्न आग्रह

मैले अधिकांस स्टाट्स र लेख पढ्छु । अनि त्याे भन्दा पनि त्यहाँ लेखिएका कमेन्ट हेर्छु । कता कता मलाई कमेन्ट पढ्दा रमाईलाे अनि अच्चम लाग्छ । दुई पार्टीका कार्यकर्ताहरुको कुरा छोडौं । एउटै पार्टीका कार्यकर्ताहरु विच पनि दुई फ्याक्सनमा विचार पाेखेका, गाली गलौज, अस्लील शब्दहरु व्यक्त भएका हुन्छन् ।

आखिर यसाे किन भई रहेकाे हाेला भनेर मैले आफ्नो मन भित्र विचार विमर्श गर्छु । किन यस्ताे गरेका हाेलान । एउटा पार्टीले अर्को पाटीलाई, एउटा धारले अर्काे धारलाई आलाेचना गर्नै पर्ने । याे कस्ताे राजनीती हाे । के सबै मिलेर गए के बिग्रिन्थ्यो हाेला र ? पहिला म, मेराे पार्टी, मेरा आसे पासे, भराैटे, ढाेके, चम्चे भन्नू भन्दा पनि मेराे देश, मेराे राष्ट्र अनि म मेरा अरु भन्ने साेच्दा के हाेला र ? आखिर एक दिन मरेर जानी चाेला हाे जिन्दगी । जिन्दगी छाेटाे छ । केही गरेर कृति राख्ने काम गरे कति राम्राे हाेला । पावरमा रहेकाले पनि दम्भ छाडी, सबैलाई मिलाएर जादा के बिग्रन्थ्यो । बाहिर हुनेले पनि प्रतीक्षा गरेर सहयाेगका साथ अगाडि बढे पक्कै जहाज डुब्ने त थिएन होला ।

यी सब सकरात्मक कुराहरु साेच्न, दुबै पक्षका पात्रहरु पशुपति आर्य घाटमा गएर त्याे जल्दै गरेकाे लास हेर अनि घाेरिएर साेच । आखिर याे सब कसका लागि गर्दैछु र किन ? आफ्नैले मरेकाे लासमा आगाे लगाएकाे अनि मुखमा दाख बत्ती भन्दै आगाे झाेसेकाे अनि घाेची घाेची त्याे मृत शरीरलाई भष्म बनाएकाे अनि जति मरि मेटे पनि अन्तत: त्यसकाे काहानी खतम हुन्छ ।

त्यसैले साेचाै मेराे देश रहे म अनि हामी सबै रहने छाै । आफु बलियाे हुन देश बलियाे हुन जरुरी छ । आफु बाँच्न देश बचाउन जरुरी छ ।

मेराे देश, मेराे मतृभूमीलाई सधै माया गर्नेछु भभनी शपत लिई अगाडि बढाै । कृति राखाै । शासन त आज एउटाले गर्याे भाेली अर्कैले गर्ने छ । अनि हिजाे कसैले गरेकै थियाे । आखिर जति जे गरे पनि उनीहरु बिलाएर गए राम्रालाई अझै सम्झेकै छ । नराम्रालाई बिगतले धिक्कारेकाे छ । त्यस्ताे पात्रा कहिले पनि नबनाै । समृद्ध नेपाल बनाउ देशलाई उन्नती प्रगती तिर लैजाऔं । जय देश जय जनता।

पुर्व प्रहरी हवल्दार पशुपति अर्याल