सोमवार, अशोज १२, २०७७

रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाण्डौ – भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि अब सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।

महेन्द्र सिंह धोनीको सन्न्यास घोषणापछि रैनाले आफू पनि यो यात्रामा सामेल भएको  लेखेका छन् ।