बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

विभेद हिजो थियो, रहने छ भोलि पनि

गजल


विभेद हिजो थियो, रहने छ भोलि पनि
पहाड अलग तराई अलग होली पनि ।

हात्तीका ”शक्ति” ले चेपाङ जलि रहँदा
हराए शिव राम, शेर, पुष्प, ओलि पनि ।

धर्मका ठेकेदारको कट्टु बिकेपछी
लोप हुँदै हुँदै गए गुन्यु र चोली पनि ।

छोड्नु नै परे यसरी छोड्नु मलाई
जसरी फर्केर आउदैन खोली पनि ।

तिमीलाई पाउन मैले के मात्र गरेन
मुटुले रोकेको हुँ नजरका गोलि पनि ।

मुटु मुटुको बिचमा युद्ध चलि रहँदा
हतियार भन्दा घातक तिम्रा बोली पनि ।

अरुण बेल्बासे
सिद्धारा, अर्घाखाँची
रचना स्थान – साउदी अरब ।