मङ्लबार, अशोज १३, २०७७

शितगंगाको नेतृत्वबाट जस्तो आशा गरिएको थियो त्यस्तो हुन सकेन भन्दै बसन्तले व्यक्त गरे असन्तुष्टी

स्थानीय तहको चुनाव सकिएपछि विजयी हुने जनप्रतिनिधिहरुको ओठमा हाँसो र मनमा खुसी आएको थियो । त्यसै बखत विजय जुलुस मनाइसकेपछि नगर प्रमुख, उपप्रमुख लगाएतका जनप्रतिनिधीहरुले शितगंगालाई विकास र समृद्धिमा कायपलट गर्छु । नगरलाई यस्तो बनाउँछु, उस्तो बनाउँछु भन्दै नगरबासीहरुमा सपना देखाउदै भाषण गरेको प्रत्येक शब्दहरु अहिले पनि मेरो स्मरणमा छ ।

समय बित्दै गयो नेतृत्वले पदमा बसेर काम गर्न सुरु गरे । नगरबासीको गुनासो छ, आफुहरूले सोचे अनुसार काम गर्न सकेनन ।

शितगंगा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ, रोजगारी हुदैं अन्य विकासका पुर्वाधारका कुनै पनि क्षेत्रमा देखिने गरी सुधार आउन सकेन । स्रोत साधनको हिसाबले यो नगरपालिकामा धनी छ । अत्यधिक मात्रामा रहेको प्राकृतिक श्रोत साधन, मानविय सीप तथा श्रमलाई सहि परिचालन हुन सकेन । त्यति मात्र होइन नगरलाई प्राप्त प्रदेश र संघिय सरकारबाट आएको लाखौ करोडौं बजेट समेत फ्रिज भयो ।

नेतृत्वले आफु अनुकुलका काम गराउन ३ वर्षको अन्तरमा ७ जना संघिय प्रशासनिक अधिकृतको सरुवा गराईयो । त्यतिमात्र नभई आफ्नो बारेमा केहि सुझाव जन्य विषयहरु बारे सामाजिक संजालमा पोष्ट गर्दा हामीलाइ पनि “केहि व्यक्ती तथा मनगढन्तेको समुह” मेरो पछि लागेको छ भन्ने जस्तो गैर जिम्मेवार अभिव्यक्ति दिई पानी माथिको ओभानो बन्ने प्रयास भइरहेका छन । पत्रकारहरुलाई पनि कुरो नबुझी आधार हिन कुराहरु लेख्ने भन्दै चेतावनी दिईएको छ ।

सुरक्षाको हिसाबले यहाँ नगरपालिकाका विषयमा असन्तुष्ट विषयमा टिका टिप्पणी गर्दा डराऊनुपर्ने बाध्यता छ । स्वतन्त्र अभिव्यक्ति माथि यहाँ हस्तक्षेप गरिन्छ ।

तपाई आफै भन्नुस अब म कसरी बोलु जुन आफुलाई चित्त बुझेका विषय छन । म कसरी भनु अनुभूति हुने कुनै पनि समाजिक विकास तथा पुर्वाधारका क्षेत्रमा परिवर्तन हुन सक्यो भनेर । यस ठाउँले कुशल नेतृत्व पायो भनेर ?

चुनाव जितेपछी नगरप्रमुखले पारिश्रमिक नलिई उक्त पारिश्रमिक विद्यालयलाई सहयोग गर्नुभयो रे भन्ने सुन्दा । उहाँ शितगंगा नगर बासीहरुको दिल र मस्तिष्कमा बस्न सफल हुनुभएको थियो । तर समय बित्दै गएपछी उहाँले गरेको कार्य मुल्याङकन अनुसार त्यो केबल जनतामाथी आफ्नो छवी मात्र सहि देखाउने माध्यम रहेछ ।

यती कुरा भनि रहँदा मलाई धेरै दु:ख लागिरहेको छ । आफु बस्ने ठाउँको बारेमा जहिले पनि नकारात्मक टिप्पणी गर्नुपर्ने । आखिर कस्ता जनप्रतिनिधि चुनेछ्न त जनताले भन्ने कुराले बेलाबेलामा सोचमग्न बनाउँछ । यहाँको यो जिर्ण अवस्था देख्दा शितगंगा छाडेर अन्यत्र बसाइँसराई जानेको संख्या पनि बढिरहेको छ । यति लेख्दै अब उप्रान्त यि मेरा कलमी हातले हजुरहरुको प्रशंसनिय कार्यहरुको बारेमा बधाई दिन अतालिएका छन भन्दै सुधार गर्नुपर्ने कुराहरुमा सुधार हुनेछ भन्ने आशा राख्दछु ।

म फेरी पनि दोहोर्‍याउँछु शितगंगाले कुशल नेतृत्व पाउन सकेन । अबको शितगंगाको भविष्य जनता जनार्दनहरुको हातमा छ ।बनाउने कि बिगार्ने ? “जय शितगंगा”