शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

राजस्थानी लोक कथा जस्तो नबनोस् भन्दै श्रेष्ठले पार्टीका नेतालाई लेखे सन्देश

एउटा दही मात्र खाने युवकलाई घर परिवारले सम्झाए छन् । बाबु ! दही मात्र नखाउ रोटी, भात, फलफुल सबै परिकार सहितको व्यञ्जनको मात्रा मिलाएर खाऊ । दहि मात्र खाँदा स्वास्थ्यलाई धेरै नोक्सान हुन्छ । ज्वरो, रुघाखोकी, टाइफाइड हुन्छ भनी घर परिवार, नातागोता ईष्टमित्र, आफन्तले सम्झाए । महिनौ सम्म सम्झाउँदा पनि त्यस युवाले बानीमा कुनै सुधार ल्याएनन । जसका कारण उसले पढ्ने गुरु सम्म परेसान भए ।

उनका आमाबुबाले छोराको समस्याबारे गुरुहरू सँग अनुनय विनय गरेछन । त्यहाँ गुरुहरुले पटक पटक सम्झिदा नमाने पछी त्यो युवालाई गुरुहरुको सल्लाहमा एक जना साधु (फकिर) कहाँ लगेछन् । सम्पुर्ण समस्या र आउनुको कारण बताएछन् । अब हाम्रो समस्याको समाधान अन्तिम विकल्प तपाई मात्र हो, पार लगाई उद्दार गरि दिनुस, हामी तपाईको शरणमा आयौ, भने पछि फकिरले चिन्ता नलिनुस भनेछन् ।

अब फकाएर त्यस युवालाई सोधेछन्, “बाबु तीमीले किन कसैको कुरा किन मान्दैनौ ?” भन्दा युवाले भनेछन्, “मलाई दहि मात्र खान मन पर्छ । सबैले खान हुदैन भनेर सम्झाउछन् । मलाई झन खान मन लाग्छ । रात दिन नोक्सान हुन्छ मात्र भन्नुहुन्छ । अति गरेपछि मैले यहाँहरुको कुरा पनी सुन्न छाडें । मलाई चित्त बुज्दो तर्क पाएन । जहाँ पनी जहिले पनी नोक्सानी हुन्छ मात्र भन्ने ?” त्यस पछि फकिरले भन्न थालेछन्, “कसले भन्छ दहि मात्र सेवन गर्नाले नोक्सान हुन्छ भनेर, फाईदै फाईदा मात्र हुन्छ ? दहि मात्र सेवन गर्दा हजार फाईदा छन् जसमध्ये चारवटा भयकंर फाइदा छन् सुन” भनेपछी युवा झसंग भएछ । आज सम्म ददी मात्र सेवन गर्दा नोक्सानको प्रवचन सुनेको कानले फाईदै फाईदा त्यसैमा चार भयकंर फाईदा हुन्छ भन्दा त्यो युवाको ध्यान आकर्षित भएर सुन्न थालेछ ।

फकिरले चार फाईदाको बिषयमा भन्न थालेछन् । एक नम्बरमा दही मात्र खानेको घरमा चोर आउदैन, दुई नम्बरमा दही मात्र खानेलाई कुकुरले टोक्दैन । तीन नम्बरमा दही मात्र खाने व्यक्ती पानीमा डुबेर मर्दैन । चार नम्बरमा दही मात्र खाने व्यक्ती कहिल्यै बुढो हुदैन । किनकी चोर नपर्नु भनेको रुघाखोकी लागेको रोगी रातभरि खोकेको खोकै गर्छ चोर जाग्राम बसेको घरमा जाने कुरै भएन । त्यस्ता रोगीले लौरो टेकेर हिड्छ हातमा लौरो भयेपछी कुकुरले टोक्ने कुरै भएन । त्यस्ता रोगी मान्छे नुहाउने कुरा भएन ननुहाउने व्यक्ती पानीको किनारमा नगए पछि पानीमा डुबेर मर्ने कुरै भएन । यस्ता दहि मात्र सेवन गर्ने फोक्सोको रोगी हुनेनै भयो फोक्सोको रोगी दुई चार महिना भन्दा बढि बाँच्दै बाच्दैनन् त्यसकारण कदापी बुढो हुने कुरै भएन ।

अतः हाम्रा नेकपाका नेताहरु लाई लाखौलाख कार्यकर्ताले अनुनय विनय गर्दा पनी मेरै गोरुको बाह्रै टक्का किन ? पद र कुर्चीको कती आत्तुर, यती ठुला ठुला उद्घोष भयेका छन् । सबै पुरा हुन सक्ने खाल कै छन्, पुरा भये पछि त बीसौ बर्ष नेकपाको कुन नेताले पालो नपाउला ।

हेर नेता हो सरकार नढाले, पार्टी नफुटाए कल्पवृक्षको बोट मुनी छौ । यदि बिपरीत गर्यौ भने कालवृक्ष सिद्द हुने छ । फुलको माला लगाउने कि जुत्ताको माला तिमीहरु को हातमा छ । यो केपी र प्रचण्ड मात्र होईन जिम्मेवार सबै नेतालाई स्पष्ट चीनेका छौ । लेखेर डायरीमा नोट गरी हाल मरता क्या नही करता । हामी गाँउ छाड्नु पर्छ भने कालो मोसो दलेर गाँऊ छाडौला । पार्टी एकीकरण गर्दा हामीलाई सोधेका थियौ ? तैपनी हामी मान्यौ । बाम एकता अपरिहार्य थियो राम्रै भयो । अब फुट केका लागी स्पष्टीकरण चाहिन्छ कि चाहिदैन ? पार्टी नफुटे तिमीहरुको कुर्ची सधै सुरक्षित छ । केका लागी पार्टी फुट्ने त ? लैनचौरको पैसा पचाउन त होला । नेताजी हो ख्याल गर, हामीले पनि धेरै बुझेका छौ । भारतिय मिडीया, नेपाली मिडिया हेरेका छौ, धेरै सहेका पनि छौ । सहनुको पनी हद हुन्छ । अब सिमा नाघ्यो । पार्टी फुटाएमा दही मात्र खाने व्यक्तीका चार फाईदा तिमी नेताहरुले पनी पाउछौ ।

अतः आ-आफ्नो ढिपी छाडेर सही ट्रयाकमा आउने कि नआउने । खेतमा भएको मुला नउखेलिए पछी हल्लाएर काम नलाग्ने गरी छाड्न हामीले पनि जानेका छौ । यो पनी बुझेका हौला । नेकपा नरहे, नेकपा विनाको नेपाल एक पटक कल्पना गर त । देशले पाएका उपलब्धीको रक्षा हुन्छ कि हुदैन ? नेकपाले गरेको उद्घोषको कार्यान्वयन कस्ले गर्ला ?गर्लाकी नगर्ला ? नगरे के होला ?

तिमीहरुले पार्टी अध्यक्ष आठ महिना पहिले छाड्दा वा आठ महिना पछि पाउदा केहि फरक पर्दैन । तर तिमीहरु लाई त्यती फरक नपर्नुका कारणका बाबजुद देश, जनता र पार्टीले यती ठुलो क्षती व्यहोर्नु पर्छ भने तिमीहरु लाई कुन कारण र कोणबाट माफी दिने । तिमीहरु लाई इच्छाएको सजाय हामी कार्यकर्ताले दिन किन नपाऊने ? तिमीहरुको अरु केही जिरह र प्रमाण छ भने प्रस्तुत गर ।

आफुले आफैलाई ढाट्ने काम नगरौ । एउटै डुङ्गामा सवार छौ । तिमी र हामी आफ्नै कारणले डुबौला तर यहाँ डुङ्गा डुब्दैछ, देश डुब्दैछ । यहाँ हजारौ कार्यकर्ताको रगत र लाखौ कार्यकर्ताको पसिना डुब्दैछ । तिमीहरु लाई राजनीति लागेको छ ।तिमीहरु लाई त लाजनीति लाग्नु पर्ने होईन र ? त्यसर्थ तिमीहरुको विरोधमा कालो झण्डा किन नदेखाउने ? कारण सहित उत्तर देउ अन्यथा हामी पनि गौँडामा बसेर प्रतिक्षारत छौ ।

फुटको पिडा……

दुबै पक्षका नजिकमा बसेका बामदेव गौतमसंग सोध, जन आन्दोलन पछिको बामन अवतार, गृहमन्त्री पछि स्थानिय तह बहुमतले जिताउने देव तर माले भए पछिको गौतम अवतार आज सम्म गौतमै गौतम भएर भौतारी रहेका छन । पार्टीमा लगानीका हिसाबले अब्बल स्थान पाउनु पर्ने व्यक्ति दरबार दरबार गएर सल्लाह दिने स्थानमा कार्यरत छ्न ।

यस्ता उदाहरणहरू अरू तमाम छन सिपी मैनालीलाई हेर, मोहन वैद्यलाई हेर, डा.बाबुराम भट्टराइलाई हेर छताछुल्ल छ कतै लुकेको छैन ।

कल्पवृक्षको रूखमुनि बस्ने कि कालकुट विषको रूखमुनि बस्ने आफ्नो कित्ता रोज । घुस लिने र घुस दिने दुबै अपराधी हुन भने पार्टी फुटाउने र पार्टी जुटाउन नसक्ने पनि दुबै अपराधी नै हुन भन्ने जनआवाज र जनगुनासो पनि यहि हो ।